अपि पावर कम्पनीको हकप्रद सेयर निष्काशन



काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले १ः०.३९ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गरेको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयरमा वैशाख १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

चैत १३ गतेसम्म कायम रहेका लगानीकर्ताले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

हकप्रदमा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर एप मार्फत आवेदन दिन सक्नेछन् ।

यस्तै अपि पावर कम्पनी ट्रेड टावर थापाथली, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकको धनगढी, इटहरी, पोखरा, नारायणगढ, सुर्खेत, नागढुंगा, नेपालगंज, र जनकपुर शाखाबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु