चीनको गेजुवाबाट खोसियो बुढीगण्डकी बनाउने लाइसेन्स, स्वदेशी लगानीमा बनाउने



काठमाडौं । सरकारले चीनको गेजुवा कम्पनीलाई बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन दिएको लाइसेन्स खारेज गर्ने निर्णय गरेको छ ।

बिहीबार मन्त्रिपरिषद्को बैठकले गेजुवा कम्पनीलाई दिएको अनुमतिपत्र खारेज गर्दै स्वदेशी लगानीमा बनाउने निर्णय गरेको हो ।
१२ सय मेगावाट क्षमताको जलासययुक्त जलविद्युत् आयोजना बुढीगण्डकी आयोजना गेजुवालाई दिने निर्णय यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरेका थिए ।

ओली सरकारले पुनः गेजुवालाई लाइसेन्स दिएको थियो । गेजुवाले लाइसेन्स पाएपनि काम भने गरेको थिएन । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना बनाउनको लागि प्रेट्रोलियम पदार्थमा कर समेत लगाएको थियो ।


क्लिकमान्डु