सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेवाजी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ कायम भएकोमा शुक्रबार १०१ रुपैयाँले घटेर १२ सय ३४ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु