आरओआर आयोजनामा पिपिए खुल्ला गर्ने घोषणा



काठमाडौं । उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषालले भारतमा बिजुली निर्यात हुने सुनिश्चित भएपछि नदी प्रभाहित जलविद्युत् आयोजना(आरओआर)को पिपिए खुल्ला हुने बताएकी छन् ।

भारतले बिजुली किने प्रतिबद्धता जनाएकाले हामीले अब क्रमश पिपिए (पावर पर्चेज एग्रीमेन्ट) खुल्ला गर्ने सोचेका छौं ,मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भुषालले भनिन्, भारतमात्र नभए बिबिआइएन ( बंगलादेश, भुटान, भारत, नेपाल ) अन्तर्गतको बंगलादेश समेत बिजुली निर्यात गर्ने हाम्रो तयारी छ। झ
उर्जा जलश्रोत तथा सिंचाइ मन्त्रालयका सचीव देबेन्द्र कार्कीले नयाँ नयाँ प्रशारणलाईन बनाउने बिषयमा समेत भारत सँग सहमती भएको जानकारी दिए ।
विद्युत् प्राधिकरणले ३ वर्षभन्दा बढी समयदेखि आरओआरको पीपीए रोकेको छ । नियामक निकाय विद्युत् विकास निगमले आयोजना अनुमति दिएपनि प्राधिकरणले आरओआरको विजुली रोकेको हो ।

आरओआर आयोजनाले बर्खामा विजुली उत्पादन गर्ने तर,हिउँदमा निकै नै कम विजुली उत्पादन गर्छन् । अहिले बर्खामा नेपालको मागभन्दा बढी विजुली उत्पादन हुन्छ भने हिउँदमा कम हुन्छ ।

कार्कीले भारत सरकारले ३६३ मेगावाट बाहेक थप बिजुली चासो राखेको बताए।


क्लिकमान्डु