भारतबाट आउने विजुलीको लागि तिर्ने पैसा १२ अर्बले घट्ने



काठमाडौं । भारतबाट आउने विजुली आयातको लागि तिनुपर्ने रकम यो वर्ष १२ अर्ब रुपैयाँले घट्ने भएको छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अघिल्लो वर्ष २२ अर्ब रुपैयाँ भारतबाट आयात भएको विजुलीको पैसा तिर्न खर्च भएकोमा यो वर्ष १० अर्बभन्दा बढी नहुँने दाबी गरे ।
ऊर्जा मन्त्रालयमा आयोजना भएको पत्रकार सम्मेलनमा घिसिङले एकसाता भारतबाट आयात हुने विजुलीमा समस्या भएपनि अहिले नभएको जानकारी दिए ।

‘अहिले कुनै पनि उद्योगमा लोडसेडिङ गरिएको छैन, भारतबाट नियमित बिजुली आउन थालेकाले उद्योगमा नियमित बिजुली आपूर्ति दिन थालिएको छ,’उनले भने ।

भारतबाट अहिले औसतमा दैनिक ३ सय मेगावाट विजुली आउने गरेको छ ।


क्लिकमान्डु