भारतले नेपालसँग ३६४ मेगावाट बिजुली किन्ने,  ‘ब्यापार घाटा कम हुन्छ’



काठमाडौं । भारतले नेपालसँग ३६४ मेगावाट बिजुली किन्ने भएको छ । त्यसका लागि केन्द्रिय विद्युत प्राधिकरण नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाट बिजुली बेच्नका लागि अनुमति दिएको छ ।

यसअघि २०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावाट बिजुली भारतीय उर्जा एक्सचेञ्जमा बिक्री गर्न अनुमति दिइएको थियो ।

नेपालले थप बिजुली निर्यातका लागि स्वीकृति पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको सहमति बमोजिम नेपाल भारत संयुक्त भिजन स्टेटमेन्ट अन पावर सेक्टर कर्पोरेशन कार्यान्वयनको चरणमा प्रबेस गरेको उर्जामन्त्री पम्फा भूषालले जानकारी दिइन् ।

उक्त अनुमति पाएसँगै वर्षायाममा उत्पादित बिजुली मुलुकभित्र खपत गरी अतिरिक्त विद्युको निर्यात भई दुई देशबीचको ब्यापार घाटामा कम आउने र अर्थतन्त्रमा सकरात्मक योगदान पुग्ने मन्त्री भूषालले जानकारी दिइन् ।


क्लिकमान्डु