महंगोमा किनेको बिजुली उद्योगलाई सस्तोमा दिन सकिँदैन: ऊर्जामन्त्री



जलस्रोत उर्जा तथा सिंचाइ मन्त्री पम्फा भुसालले महँगो मुल्यमा विद्युत खरिद गरेर उद्योगलाई दिन नसकिने बताएकी छन् ।

स्वतन्त्र उर्जा उत्पादक संघ(इपान) को कार्यक्रममा मन्त्री भुषालले उद्योगीहरू नेपाल बिद्युत प्राधिकरणले महँगो मूल्यमा मूल्यमा खरिद गरेको बिजुलीको लागत सेयर गर्न तयार नहुँदा नियमित बिजुली आपूर्ति गर्न नसकिएको बताइन् ।

१८ रुपैयाँको बिद्युत सप्लाई गरेर दिन थाल्दा प्राधिकरण डुब्छझ मन्त्री भुषालले भनिन् ञउद्योगीहरू कस्ट सेयर गरौं भन्दा पनि मान्नु हुन्न। महँगोमा बिजुली खरिद गरेर सप्लाई गर्दा प्राधिकरण डुब्छ।

मन्त्री भुसालले केही दिन भित्रमा उद्योगलाई नियमित बिजुली आपूर्ति हुने बताइन् । प्राधिकरणले विभिन्न विकल्पमा काम गरिरहेकाले एक दुई सातामा समस्या समाधान हुने मन्त्री भुषालको भनाइ छ।


क्लिकमान्डु