सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँ कायम भएकोमा आइतबार ४ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम भएकोमा आइतबार ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु