४ बुँदे सहमतिपछि आजदेखि इन्धन आपूर्ति सहज



काठमाडौं । ढुवानी भाडा मूल्य समायोजनको माग गर्दै आन्दोलनमा उत्रिएको व्यवसायीहरुसँग ४ बुँदे सहमति भएपछि आजदेखि पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने भएको छ ।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले विभिन्न ६ बुँदे माग गर्दै आन्दोलनमा उत्रिदा बजारमा पेट्रोलियम पदार्थको आपूर्ति ठप्प भएको थियो । जसका कारण शुक्रबारदेखि उपभोक्ताले सहज रुपमा पेट्रोल पाउन सकेका छैनन् ।

समितिका सह संयोजक खगेश्वर बोहराका अनुसार आइतबार डिपो खुल्न समय लागेकाले अहिले समस्या देखिए पनि साँझदेखि समस्या हट्ने बताए ।

‘तत्कालका लागि माग सम्बोधन भएको छ, सहमति भइसकेको अवस्थामा अब आपूर्ति सहज हुन्छ’ उनले भने ।

शनिबार साँझ सरकारसँग ४ बुँदे सहमति भए पनि आइतबार विहानसम्म अधिकांश पेट्रोल पम्प बन्द छन् भने सीमित पेट्रोल पम्पमा लामो लाइन छ ।

शनिबार भएको सहमतिमा पेट्रोलियम बिक्रेता कमिसनको एलपी ग्याँस ढुवानी भाडा समायोजन सम्बन्धी माग ७ दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ गतेसम्ममा सक्ने सहमति भएको छ ।


क्लिकमान्डु