कागजजन्य वस्तुको निर्यातमा रेकर्ड, ८ महिनामा १ अर्ब बढीको निर्यात



फाइल

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालले हालसम्मकै उच्च निर्यात गर्न सफल भएको छ ।

आन्तरिक उत्पादित वस्तुको निरन्तर घट्दै गएको अवस्थामा काजजन्य वस्तुको निर्यातले भने निर्यातमा इतिहास कायम गरेको छ ।

अधिकांश वस्तुको निर्यात घटेको अवस्थामा कागजन्य वस्तुको निर्यात उच्च भएको छ ।

चालु आर्थिक वर्ष ८ महिनाको अवधिमा अलैंची, चिया, पस्मिना, मेडिकल हर्ब, हस्तकलालगायत अन्य वस्तुको निर्यात घटेको अवस्थामा कागजजन्य वस्तुको निर्यातले भने नयाँ रेकर्ड कायम गरेको सरकारी तथ्याङ्कले उल्लेख गर्दछ ।

विगतको वर्षमा वार्षिक ७० करोडको पनि निर्यात हुन सकेको थिएन । तर, यो वर्षको ८ महिनाको अवधिमै एक अर्ब बढीको निर्यात भइसकेको छ ।

निकासी तथा प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालले १ अर्ब ६ करोड ६६ लाख ६५ हजारको नेपाली कागज तथा कागजजन्य वस्तु निर्यात गरेको छ ।

गत वर्ष सोही अवधिमा ३९ करोड १ लाख रुपैयाँको मात्रै निर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा नेपालले १७३.४३ प्रतिशतले बढी निर्यात गरेको तथ्याङ्कले उल्लेख गर्दछ ।

त्यस्तै, गत वर्ष नेपालमा ६१ करोड ९ लाख रुपैयाँको मात्रै निर्यात गरेको थियो ।

५ वर्षमा करिब ३ अर्बको निर्यात
नेपालबाट मुख्य वस्तुको रुपमा निर्यात हुँदै आएको कागजजन्य वस्तुको निर्यात कोरोना महामारीले गर्दा निकै खस्किएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा निकै कम निर्या भएको थियो । तर, गत आर्थिक वर्ष पनि कोरोनाको प्रभाव देखिए पनि उल्लेख्य निर्यात गर्न सफल भएको छ ।

त्यस्तै, नेपालले आर्थिक वर्ष २०७३/७४ देखि २०७८ सम्ममा करिब ३ अर्बको कागजजन्य वस्तु निर्यात गरेको तथ्याङ्कले देखाउँदछ । ५ वर्षको अवधिमा नेपालले २ अर्ब ८१ करोड ५९ लाख रुपैयाँको निर्यात गरेको छ ।

जसमा आर्थिक वर्ष २०७३/७४ मा ६६ करोड ८० लाखको, आव २०७४/७५ मा ५७ करोड ७८ लाखको, आव २०७५/७६ मा ५३ करोड ३९ लाख रुपैयाँको, आव २०७६/७७ मा ४२ करोड ५२ लाख रुपैयाँको र आव २०७७/७८ मा ६१ करोड ९ रुपैयाँको निर्यात गरेको थियो ।

तर, आव ८ महिनाको अवधिमा भने १ अर्ब बढीको निर्यात भएको छ । जुन हालसम्मकै उच्च हो ।

मुख्य निर्यात भारतमा
नेपालबाट १ अर्ब बढीको निर्यात हुँदा ५० प्रतिशतभन्दा बढीको कागजजन्य वस्तु भारततर्फ निर्यात भएको छ । नेपालले ८ महिनाको अवधिमा भारततर्फ मात्रै ५५ करोड ७ लाख रुपैयाँको ८८ लाख ७८ केजी कागजजन्य वस्तु निर्यात गरेको छ ।

त्यसैगरी, अमेरिकामा १६ करोड ३० लाखको, बेलायतमा ११ करोड ७९ लाख, जर्मनीमा ४ करोड ७५ लाख, फ्रान्समा ३ करोड ६१ लाख, थाइल्यान्डमा २ करोड ६७ लाख, सिङ्गापुरमा २ करोड ७२ लाख, जापानमा २ करोड १५ लाख, अष्ट्रलियामा १ करोड ३७ लाख रुपैयाँ र क्यानाडामा १ करोड २ लाखको निर्यात गरेको छ ।


क्लिकमान्डु