सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ९ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ८ सय रुपैयाँले बढेर ९९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएकोमा शुक्रबार १० रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु