बिजुलीको आन्तरिक खपत बढाउने लक्ष्य, हिमालयन हाइड्रो एक्स्पो-२०२२ को तयारी पुरा



काठमाडौं । शनिबारदेखि राजधानीमा आयोजना हुन लागेको हिमालयन हाइड्रो एक्स्पो-२०२२ को तयारी पुरा भएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यका अुनसार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

एक्स्पोको पहिलो दिन शनिबार बिहान ७.०० बजे विद्युतीय सवारी साधनको र्‍याली गरिने भएको छ । बिद्युतको आन्तरिक बजारलाई प्रबद्र्धन गर्न बिद्युतीय सवारी साधनको प्रयोगलाई अभियानका रुपमा अघि बढाउन सरकारले दबाब दिन उक्त र्याली गर्न लागेको इप्पानले जनाएको छ ।

र्‍याली भृकृटीमण्डप नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङसम्म पुगेर पुनः भृकुटीमण्डपमा आएर समापन हुने बताइएको छ । फर्पिङ जलविद्युत आयोजनामा ¥यालीका सहभागीहरुलाई पर्यटनमन्त्री प्रेम आलेले स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।

एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा बृद्धि गर्न र बिदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने छ भन्ने अपेक्षा लिइएको छ ।

एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रो पावर सम्वन्धी बिषयगत ६ वटा भन्दा बढी टेक्निकल सेसन संचालन तथा अन्तरक्रिया सन्चालन गरिने कार्यक्रम तय गरिएको छ ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक-वित्त कम्पनीहरु लगायत सय वटा भन्दा बढी स्टल बुकिङ भइसकेका छन् । जसमा बिदेशी स्टलसमेत रहेका छन । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने छ ।

हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवा बिच प्रतिस्पर्धा समेत गराइने आयोजकले जनाएको छ ।

एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोे पावरमा रोबोटर्सको भूमिका विशेष आकर्षण बन्ने आयोजकको दाबी छ । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा हुनेछ ।

एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्तालाई हेलिकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्था गरिएको छ । जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पु¥याउने विश्वास गरिएको छ । त्यसैगरी प्रत्येक दिन एक्स्पो अबलोकनकर्ताहरुमध्ये १० जनालाई गोला प्रथाका माध्यमबाट बिद्युतीय चुलो बितरण गरिने छ ।


क्लिकमान्डु