नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा ९ जनाको दरखास्त स्वीकृत, को को छन् प्रतिस्पर्धी ?




काठमाडौं । सर्वोच्च अदालतले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रकृयामा बाटो खुला गरेसँगै ९ जना उमेदवारको दरखास्त स्वीकृत भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता भएका दरखास्तहरु मध्ये ९ जनाको दरखास्त स्वीकृत गरिएको जनाएको छ । मन्त्रालयको दरखास्त स्वीकृत गरेसँगै अब ९ जनाले टेलिकमको प्रबन्ध निर्देशकमा प्रतिस्पर्धा गर्ने छन् ।

छनोटमा परेको उमेदवारहरुमा गोरखाका अर्जुनबाबु ढकाल, काठमाडौंका अमलेन्दु नारायण सिंह, डडेल्धुराका दीपकबहादुर शाही, काठमाडैका नगेन्द्रकुमार दास, रुपन्देहीका प्रदीपराज उपाध्याय, काठमाडौंका बुद्धिप्रसाद आचार्य, तनहुँका सुनिल पौडेल, ललितपुरका सुरजसिंह थापा र काठमाडौंकी संगीता पहाडी अर्याल रहेका छन् ।

नयाँ प्रबन्ध निर्देशक नियुक्ति रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा मुद्दा दायर भएको थियो । झन्डै तीन महिनापछि बुधबार सर्वोच्चले उक्त रिट खारेज गरेपछि नयाँ प्रबन्ध निर्देशक नियुक्तिको बाटो खुला भएको हो ।

छनोट भएका उमेदवारहरको व्यवसायीक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थानपछि तोकिने जानकारी गराएको छ ।


क्लिकमान्डु