प्राइम बैंकको २५ लाख कित्ता ऋणपत्र निष्काशन, कति पाइन्छ ब्याज ?



काठमाडौं । प्राइम कमर्सियल बैंकले प्राइम ‘१०% प्राइम डिबेन्चर २०८८’ जारी गरेको छ । बैंकले २ अर्ब २५ करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ ।

२५ लाख कित्ता मध्ये १० लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् भने बाँकी रहेको १५ लाख कित्ता बैंक आफैले विभिन्न संघ-संस्थालाई बिक्री गर्नेछ । बैंकले १० वर्ष अवधिको लागि वार्षिक १० प्रतिशत ब्याज दिने छ ।

आज (बुधबार) देखि प्रतिकित्ता एक हजार रूपैयाँका दरले ऋणपत्र निष्काशन भएको ऋणपत्रमा चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनु्सार आवेदन नपरेको खण्डमा चैत ३० गतेसम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले न्यूनतम २५ देखि अधिकतम ५ लाख कित्तासम्ममा आवेदन दिन सक्नेछन् । डिबेन्चरमा सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिंङ रहेको छ ।


क्लिकमान्डु