आन्तरिक कारणले होइन बाह्य कारणले अर्थतन्त्रमा समस्या देखियो: अर्थसचिव



काठमाडौं । अर्थसचिव मधु मरासिनीले अर्थतन्त्रमा आन्तरिकभन्दा पनि बाह्य कारणले समस्या देखिएको बताएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘हाम्रो कारणले अर्थतन्त्रमा कति समस्या आयो वा अन्तर्राष्ट्रिय कारणले कति समस्या आयो भन्ने बिषयमा विश्लेषण गर्नुपर्छ ।’

बाह्य क्षेत्रका कारण अर्थतन्त्रमा समस्या देखिएको मरासिनीको भनाइ छ ।

‘रसिया र युक्रेनको युद्ध हुन्छ र प्रेटोलियम पदार्थको मूल्य बढ्छ भन्ने थाहा हुने बिषय भएन,’ अर्थसचिव मरासिनीले भने, ‘अर्थमन्त्रालय अहिलेको समस्यामा चिन्तित छ। सकेसम्म अर्थतन्त्रलाई नियन्त्रण गर्नु हुन्न भनेर हामीले आयात प्रतिबन्ध लगाउने र भन्सार बढाउने निर्णय गरेका छैनौं ।’

उनले न्यून बिजकिकरणले हुण्डी बढाए पनि अर्थतन्त्रको अवस्था खराब भने नरहेको दाबी गरे।

नागरिक डराउने गरी नै औषधि आयात गर्न पनि विदेशी विनिमय सञ्चीति छैन भन्ने भएन,’ उनले भने, ‘लकडाउनको समयमा आयात थिएन । हुण्डीको माग थिएन, जसले गर्दा रेमिटेन्स बढेको थियो । तर अहिले पनि लकडाउन पूर्वको अवस्थाभन्दा रेमिट्यान्स बढी नै छ।’

अर्थतन्त्रमा संरचनात्मक समस्या रहेको भन्दै सरकारले सुधार गर्न खोजेको बताए ।


क्लिकमान्डु