महालक्ष्मी विकास बैंकद्वारा सिद्धार्थनगर नगरपालिकालाई डस्टविन हस्तान्तरण



काठमाडौं । महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले सिद्घार्थनगर नगरपालिकालाई डस्टविन सहयोग गरेको छ ।

फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले नगरपालिकालाई १३ थान डस्टवीन हस्तान्तरण गरेको हो ।

भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले नगरपालिकाका उपप्रमुख उमा काफ्लेलाई डस्टवीन हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख काफ्लेले विगतदेखि नै बैंकले नगरभित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताइन् ।

फोहरमैला व्यावस्थापनमा नगरपालिकालाई सहजता होस् र वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउन मद्दत पुग्ने हेतुले डस्टवीन वितरण गरिएको बैंकले जनाएको छ ।


क्लिकमान्डु