स्मार्ट च्वाईस टेक्नोलोजिज र एनआइसी एशिया बैंकबीच भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता



काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र एनआइसी एशियाबीच स्मार्ट क्यूआरमार्फत् भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

मङ्लबार आयोजित विशेष कार्यक्रममा स्माटच्वाईस टेक्नोलोजिजकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआइसी एशिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा सञ्चालन सम्बन्धी उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात बिभिन्न व्यापार–व्यवसाय गर्दै आएका व्यवसायिहरूले एनआइसी एशिया बैंकमार्फत् स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन् ।

इएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमार्फत् कारोबारको भुक्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत् भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो छ ।


क्लिकमान्डु