रुस-युक्रेन युद्धः युक्रेनमा ५६५ अर्ब डलरको क्षति, ७८८६ किमी सडक ध्वस्त



एजेन्सी । रुस–युक्रेनबीच युद्ध शुरु भएको ३४ दिन पुग्यो । यसबीचमा दुबै देशले ठूलो क्षति बेहोरेका छन् । रुसी सेनाले लगातार युक्रेनका सहरहरुमा मिसाइल आक्रमण गरिरहेको छ ।

जसबाट अहिलेसम्म युक्रेनमा ५६५ अर्ब डलर बराबरको रकम क्षति भइसकेको छ । साथै, आक्रमणबाट ७ हजार ८८६ किलोमिटरभन्दा बढी सडक ध्वस्त भइसकेको अवस्था छ ।

युक्रेनका मन्त्री यूलिया सिब्रिडेकोले फेसबुकमा पोस्ट गर्दै उक्त जानकारी दिए ।

युद्धका कारण मारियुपोल सहरमा सबैभन्दा बढी क्षति पुगेको छ । सहरमा ९० प्रतिशत खण्डहरमा परिणत भइसकेको छ । मारियुपोलको मेयरका अनुसार आक्रमणबाट हालसम्म ५ हजार मानिसहरुको ज्यान गइसकेको छ । साथै सहरमा १ लाख ६० हजारभन्दा बढी व्यक्ति फसेका छन् ।

रुसी सेनाले सहरबाट बाहिर निस्कने सबै बाटोहरु बन्द गरिदिएको छ ।

युक्रेनमा हालसम्म रिब्ने क्षेत्रका गभर्नरका अनुसार रकेट आक्रमणका कारण एक तेलको डिपो प्रभावित भएको छ । पछिल्ला केही दिनमा रुसी मिसाइलका कारण ६ वटा तेल डिपो ध्वस्त भइसकेका छन् ।

राजधानी किभमा ८३ वटा बहुतले भवन ध्वस्त भइसकेका छन् भने उत्तरपूर्वी सहर सार्किवमा करिब १२ सय अपार्टमेन्ट, १ हजार १७७ बहुतले भवन, ५३ वटा किन्डरगार्टे, ६९ स्कुल र १५ वटा अस्पताल ध्वस्त भएका छन् ।


क्लिकमान्डु