गुरु न्यौपानेको चिन्ताः बोनस दिँदा, हकप्रद जारी गर्दा पनि अपीको सेयर मूल्य बढेन !



काठमाडौं । अपि पावर कम्पनीका पूर्व अध्यक्ष तथा संयोजक गुरु प्रसाद न्यौपानेले कम्पनीले लगानीकर्तालाई लाभांश पनि राम्रो दिएको, तीन पटक हकप्रद सेयर जारी गर्दा पनि सेयर मूल्य नबढेकोमा चिन्ता व्यक्त गरेका छन् ।

सोमबार कम्पनीमा नै पत्रकार सम्मेलन गर्दै उनले यस्तो चिन्ता गरेका हुन् । न्यौपानेका अनुसार कम्पनीले माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि स्वः पूँजी जुटाउन २ करोड २२ लाख मुल्य बराबरको हकप्रद शेयर निस्काषन गर्ने अनुमति प्राप्त पाएको उनको भनाइ छ ।

यसअघि २०७६ फागुन १२ गते ५६ करोड ७ लाख, दोस्रो पटक २०७८ वैशाख १९ गते ५६ करोड ७ लाख र तेस्रो पटक १ अर्ब ८ करोड ६ लाख रुपैयाँको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद चैत २५ गतेबाट निस्कासन गर्ने उनको भनाइ छ ।

यो निस्कासन पश्चात कम्पनीका सेयरधनीहरुले गर्नुभएको प्रत्यक्ष लगानीबाट ३ करोड २२ लाख र बोनस सेयरबाट प्राप्त ६२ अर्ब ४९ करोड समेत गरी कम्पनीको पूँजी ३ अर्ब ८४ करोड ४९ लाख र वार्षिक आम्दानी २ करोड १० लाख हुने न्यौपानेले बताए ।

‘यसबाट हेर्दा अपि पावर कम्पनीका शेयरधनीहरुले निरन्तर रुपमा उच्च दरले लाभांश पाउनु हुनेछ’ उनले भने ‘यस आधारमा कम्पनीको हालको सेयरको बजार मूल्य अन्य कम्पनीको भन्दा कम रहेको छ । भविष्य भने यस कम्पनीको उज्जवल रहेको हँुदा कम्पनीले आफ्ना शेयरधनीलाई राम्रो लाभांश दिने छ ।’

न्यौपानेले पत्रकार सम्मेलनमा कम्पनीको हकप्रद शेयरमा ढुक्क भएर लगानी गर्न आग्रह गरे । चैत २५ गतेदेखि जारी गर्ने हकप्रद स।ेयरमा लगानी गर्न आग्रह गर्दै कम्पनीको २ सय करोड रुपैयाँ भन्दा बढी वार्षिक आम्दानी रहेकाले लाभांश वितरण क्षमता पनि उच्च रहेको बताए । न्यौपानेका अनुसार परियोजना निर्माण सम्पन्न भइसकेपछि कम्पनीले सेयरधनीहरुलाई ४० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न सक्ने क्षमता छ ।

हकप्रद सेयर निष्कासन पश्चात् सेयरधनीहरुले गरेको लगानीबाट ३ करोड २२ लाख रुपैयाँ र बोनस सेयरबाट ६२ करोड ४९ लाख रुपैयाँ गरी कम्पनीको पूँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पुग्ने संयोजक न्यौपानेले बताए । उनका अनुसार कम्पनीले वार्षिक आम्दानी २ करोड १० लाख गर्नेछ । सोही आधारमा कम्पनीको कष्ट अफ फन्ड १० प्रतिशतसम्म रहने र बाँकी लगानीकर्तालाई प्रतिफल दिने उनले बताए ।

न्यौपानेका अनुसार वार्षिक मुनाफाबाट बोनश सेयर प्रदान गर्दै अहिलेसम्म बोनस र हकप्रदबाट संकलित सेयर पुँजी १ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ पुगेको छ । सोमबारसम्म कम्पनीको सेयर मूल्य ३६८ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु