न्यू बुटवल-गोरखपुर प्रसारण लाइन निर्माणको जिम्मा भारतीय कम्पनीलाई



काठमाडौं । नेपाल सरकारले न्यू बुटवल-गोरखपुर केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि भारत कम्पनीलाई स्वीकृत दिएको छ ।

सरकारले राजपत्रमा सुचना प्रकाशित गर्दै न्यू बुटवल-गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाईन अन्तर्गत नेपाल-भारत सीमादेखि भारतको गोरखपुरसम्म (भारतीय खण्ड) को प्रसारण लाईन निर्माणका लागि स्वीकृति दिएको जनाएको हो ।

नेपाल विद्युत प्राधिरकण र भारत पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडको संयुक्त स्वामित्वमा रहने भारतमा कम्पनी स्थापना गर्न तथा आयोजना निर्माणमा ५० प्रतिशत शेयर पूँजी रहनेछ ।

जसमा बढीमा १ अर्ब रुपैयाँसम्म लगानी गर्न विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा (२) बमोजिम प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेको राजपत्रमा उल्लेख छ ।


क्लिकमान्डु