पुष्प मेलामा ३६ हजारले अवलोकन गर्दा ८४ लाख बढीको कारोबार



काठमाडौं । जावलाखेलको खेल मैदानमा जारी २३ औं पुष्प मेलामा ३६ हजार ८०० जनाले अवलोकन गर्दा ८४ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालले चैत १० गतेदेखि आयोजना गरेको मेलामा तेस्रोदिनसम्म आइपुग्दा उक्त रकमको कारोबार भएको हो ।

पहिलो दिन ३ हजार २०० जनाले अवलोकन गर्दा २१ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो भने दोस्रो दिन ११ हजार जनाले अवलोकन गर्दा २७ लाख रुपैयाँको कारोबार भएको थियो । शनिबार तेस्रो दिन १७ हजार ८०० जनाले अवलोकन गर्दा ३५ लाख ८० हजार रुपैयाँको कारोबार भएको एशोसिएशनका महासचिव विश्वमणी पोखरेलले जानकारी गराए ।

शनिवार भएको कारणले अरु दिनको तुलनामा अवलोकनकर्ताको चाप थियो र त्यही अनुसार कारोवार भएको उनको भनाइ छ । एशोसिएशनमा ४५ हजार जनाले अवलोकन गर्ने र ७५ लाख रुपैयाँ बराबारको कारोबार हुने लक्ष्य थियो । तर कारोबार लक्ष्यभन्दा बढी नै भएको बताइएको छ ।

आजसम्म चल्ने मेलामा लक्ष्यभन्दा बढी अवलोकनकर्ता हुने अनुमान आफूहरुले गरेको उनले बताए । कोभिडपछि यो पहिलो मेला भएको कारण मेला अवलोकनकर्ताको सँख्या बढेको उनले भनाइ छ ।

मेलामा अवलोकनकर्ताले सबभन्दा बढी बहुवर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको र त्यही बढी मात्रामा खरिद गरिरहेको महासचिव पोखरेलले बताए । त्यस्तै इन हाउस ग्रीन प्लान्टको पनि बिक्री राम्रै देखिएको उनको भनाइ छ । मेलाको अवलोकनका लागि विभिन्न अनुसन्धानकर्ता, कलेज तथा स्कुलका बालबालिकाहरु आएका थिए ।

मेलामा ५१ वटा विभिन्न स्टलहरु रहेका छन् । पुष्प मेलामा मौसमी फूल, आलकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्षहरु रहेका छन् । मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको उनले जानकारी गराए ।


क्लिकमान्डु