बीमा कम्पनीको चुक्ता पुँजी साढे २ गुणाले बढ्यो, ०७९ चैतभित्र पुर्याउनुपर्ने



काठमाडौं । बीमा समितिले बीमा कम्पनीको चुक्ता पुँजी बढाएको छ । बीमा समितिको बिहीबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी बढाएको हो ।

समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब बनाएको हो । अहिले जीवन बीमा कम्पनीको पुँजी २ अर्ब र निर्जीवनको १ अर्ब छ ।

बीमा समितिले २०७९ चैत मसान्तसम्म चुक्ता पुँजी पुर्याउनुपर्ने नीति लिएको हो । २०७९ चैत मसान्तसम्म चुक्ता पुँजी पुर्याउन नसक्ने संस्थाले मर्जर तथा एक्विजेशनमा पुँजी बढाउनुपर्ने नीति छ ।

अहिले सञ्चालनमा रहेका जीवन बीमा कम्पनीमा नेपाल लाइफको मात्र चुक्ता पुँजी बीमा समितिले तोकेभन्दा बढी छ । निर्जीवनमा कसैको पनि चुक्ता पुँजी पुगेको छैन ।


क्लिकमान्डु