बजारमा कच्चा दूधसँगै पाउडरको अभाव, आयात खुल्ला गर्न माग



काठमाडौं । बजारमा गर्मी महिना सुरु भएसँगै बजारमा कच्चा दूधसँगै पाउडरको अभाव हुन थालेको छ । बजारमा उत्पादन हुने सिजनमै दूध अभाव हुन थालेपछि उद्योगीहरूले विकल्प खोज्न सुरु गरेका छन् । 

अहिले बजारमा अत्यधिक दूध खपत हुने सिजन हो । तर, बजारमा भने पर्याप्त मात्रामा कच्चा दूध उपलब्ध हुन सकेको छैन । साथै, पाउडरको पनि अभाव हुन थालेको डेरी उद्योगीहरू बताउँछन् ।

बजारमा दूधको अभाव हुन थालेसँगै दूधबाट बन्ने बटरको उत्पादनमा पनि कमी आएको छ । जसमा अहिले बजारमा बटर पर्याप्त मात्रामा पाउन छाडेको डेरी स्टोरका व्यवसायीहरूले बताएका छन् । 

डेरी उद्योगीहरूले पर्याप्तमा मात्रामा सिजनमा उत्पादन भएको दूधबाट पाउडर दूध बनाउने गर्दछ । त्यति मात्रै नभएर बटर बनाएर राखेर बेमौसमीमा दूध, दही, आइसक्रिम र बटर बनाएर बिक्री गर्दै आएका छन् । 

सामान्यतया अन्य मौसमको तुलनामा गर्मी मौसममा उच्च रूपमा दूध खपत हुने गर्दछ । गर्मी मौसम सुरु भएसँगै बजारमा आइसक्रिम र दहीजन्य पदार्थको उच्च खपत हुने गर्छ । तर, अहिले उत्पादन कम र खपत उच्च हुने भएकाले माग धान्न गाह्रो भएको व्यवसायीहरूको भनाइ छ । 

नेपाल डेरी एशोसियनका महासचिव प्रल्हाद दाहालले अहिले कच्चा दूधसँगै पाउडरको अभाव हुन थालेको बताए । नेपालमा अहिले दैनिक ३१ लाख लिटर दूध बजारमा आउँछ । तर, खपत भने ३३ लाख लिटरको हाराहारीमा छ । जसले गर्दा बजारमा २ लाख लिटर दूधको अभाव देखिएको उनको भनाइ छ । 

‘अहिलेको अवस्थामा बजारमा आएका दुधले धान्न सक्ने अवस्था छ,’ उनले भने, ‘आगामी दिनमा बिहेलगायत अन्य विभिन्न चाडपर्व हुने भएकाले सो समयमा दूधको अभाव हुने देखिन्छ ।’
त्यसै गरी, नेपालले एक वर्षअघि पाउडर दुमा आत्मनिर्भर भएको घोषणा गरेको थियो ।

तर, एक वर्ष अन्तरालमा बजारमा पाउडर दूधको अभाव हुन थालेको छ । पाउडर दूध सिजनअनुसार उपयोग हुने गर्दछ । बजारमा कच्चा दूध अभाव भएको अवस्थामा पाउडर दूधको उच्च रूपमा प्रयोग हुने गर्दछ । तर, यो वर्ष दूध उत्पादन कम भए पनि पाउडर दूध उत्पादन कम भएको दाहालले बताए । 

तत्कालको लागि नभए पनि जेठ, असारबाट कच्चा दूधसँगै धुलो दूधको चरम अभाव हुने उनले उल्लेख गरे । ‘पर्याप्त मात्रामा उत्पादन भएको दूधलाई पाउडरमा कन्भर्जन गरेर राखेको थियो,’ उनले भने, ‘अहिले थपिनेभन्दा घट्दै गएको अवस्था छ । त्यसैले आगामी दिनमा चरम अभाव देखिन सक्छ ।’

त्यस्तै, दुग्ध विकास संस्थानमा पनि दूध अभाव भइरहेको जनाएको छ । बजारमा कच्चा दूधको संकलनमा कमी आएपछि पाउडर र बटरको उत्पादनमा कमी आएको संस्थानको उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीले बताए । 

उनकाअनुसार बजारमा दूध अभाव हुन थालेपछि बजारमा कति दूधको अभाव भएको हो भन्नेबारे आन्तरिक विश्लेषण र विभिन्न निकायसँग छलफल गरिरहेको छ । 
‘अहिले अधिकांश डेरी व्यवसायीहरूले दूधको अभाव भयो भन्ने धारणा राखेको छ,’ उनले भने, ‘छलफलपश्चात कतिले अभाव हो रु मागअनुसार आपूर्ति के गर्न सकिन्छ रु भन्ने निष्कर्ष निकाल्छौं ।’

संस्थानमा हाल दैनिक १ लाख २० हजार लिटर संकलन भइरहेको छ । चैतसम्म पुग्ने भए पनि आगामी दिनमा चरम अभाव हुन सक्ने उनले जिकिर गरे । 
‘विगतको दिनमा यतिबेला दूध धेरै भएर पाउडर बनाउन नसकिने अवस्था हुन्थ्यो,’ उनले भने, ‘अहिले उक्त परिमाण दूध उपलब्ध भएको छैन । 

डीडीसीको देशभर ठूलो सञ्जाल रहेको छ । अहिले बजारमा दूधको अभावले आगामी दिनमा समस्या निम्तिन सक्ने भन्दै उत्पादन भएको दूधको तथ्याङ्क संकलन गर्न सुरु गरेको छ ।

आयात खुल्ला गर्न माग 

अहिले दूधको पाउडर आयात गर्न प्रतिबन्ध छ । तर, मुख्य सिजनमै कच्चा पदार्थको दूध अपुग भएपछि आगामी दिनमा अभाव नदिन आयात खुल्ला गर्नुपर्ने उद्योगीहरूले माग गरेका छन् । 

सरकारले गत वर्ष नै पाउडर दूधमा आत्मनिर्भर भएको भन्दै आयात रोकेको थियो । तत्कालको लागि नभए पनि आगामी दिनमा सहज आपूर्तिका लागि आयात खुल्ला गर्न माग गरेको एशोसियनकाका महासचिव दाहालले जानकारी दिए ।

उनकाअनुसार अहिले बजारमा २ लाख लिटर दूध अभाव छ  । उक्त दूध आपूर्तिका लागि भए पनि केही समयका लागि खुल्ला गर्नुपर्छ । भाव भएको हो भन्नेबारे आन्तरिक विश्लेषण र विभिन्न निकायसँग छलफल गरिरहेको छ । 

‘अहिले अधिकांश डेरी व्यवसायीहरूले दूधको अभाव भयो भन्ने धारणा राखेको छ,’ उनले भने, ‘छलफलपश्चात कतिले अभाव हो ? मागअनुसार आपूर्ति के गर्न सकिन्छ ? भन्ने निष्कर्ष निकाल्छौं ।’

संस्थानमा हाल दैनिक १ लाख २० हजार लिटर संकलन भइरहेको छ । चैतसम्म पुग्ने भए पनि आगामी दिनमा चरम अभाव हुन सक्ने उनले जिकिर गरे । 

‘विगतको दिनमा यतिबेला दूध धेरै भएर पाउडर बनाउन नसकिने अवस्था हुन्थ्यो,’ उनले भने, ‘अहिले उक्त परिमाण दूध उपलब्ध भएको छैन । 

डीडीसीको देशभर ठूलो सञ्जाल रहेको छ । अहिले बजारमा दूधको अभावले आगामी दिनमा समस्या निम्तिन सक्ने भन्दै उत्पादन भएको दूधको तथ्याङ्क संकलन गर्न सुरु गरेको छ ।
आयात खुल्ला गर्न माग 

अहिले दूधको पाउडर आयात गर्न प्रतिबन्ध छ । तर, मुख्य सिजनमै कच्चा पदार्थको दूध अपुग भएपछि आगामी दिनमा अभाव नदिन आयात खुल्ला गर्नुपर्ने उद्योगीहरूले माग गरेका छन् । 

सरकारले गत वर्ष नै पाउडर दुमा आत्मनिर्भर भएको भन्दै आयात रोकेको थियो । तत्कालको लागि नभए पनि आगामी दिनमा सहज आपूर्तिका लागि आयात खुल्ला गर्न माग गरेको एशोसियनका महासचिव दाहालले जानकारी दिए । उनकाअनुसार अहिले बजारमा २ लाख लिटर दूध अभाव छ  । उक्त दूध आपूर्तिका लागि भए पनि केही समयका लागि खुल्ला गर्नुपर्छ । 


क्लिकमान्डु