ग्रिन भेन्चर कम्पनीको कस्तो छ वित्तीय अवस्था, कति दिन्छ प्रतिफल ?



काठमाडौंं । ग्रिन भेन्चर कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ ।

कम्पनीको आइपीओमा चैत ११ सम्म आवेदन दिन सकिने छ । आइपीओ निष्काशन भएपछि लगानीकर्ताको चासोे नहुने कुरै भएन । यो कम्पनीे कस्तो होला ? कम्पनीमा कसको लगानी होला ? कम्पनीको वित्तीय अवस्था कस्तो होला ? यो प्रश्न आम लगानीकर्ताको मनमा उब्जने गर्छ ।

यो कम्पनी २०७५ फागुन १३ मा स्थापना भएको हो । कम्पनीले ओखलढुंगा जिल्लाको लिखु—४ जलविद्युत आयोजनाबाट ५२.४ मेगावाट जलविद्युत उत्पादन गर्ने भएको छ ।

लिखु-४ जलविद्युत आयोजना निर्माण सम्पन्न भइसक्दा आयोजनाको कूल लागत १२ अर्ब ८ करोड २८ लाख ४९ हजार १३२ रुपैयाँ हुने अनुमान रहेको छ । यसको लगानी फिर्ता हुने अवधि ७.९१ वर्ष रहने अनुमान रहेको छ । यसको अनुमानित लागत प्रति मेगावाट औसत लागत २३ करोड ५ लाख रुपैयाँ रहेको छ ।

आयोजना ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका–१ र ३ (साविक रगनी गा.वि.स. र खिजिचण्डेश्वरी गा.वि.स.) तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. ७ (साविक भुजि गा.वि.स) मा निर्माण भइरहेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी मध्ये २ करोड ५० लाख थान सेयर बापतको प्रति सेयर १०० रुपैयाँका दरले जम्मा २ अर्ब ५० करोड रुपैयाँ र कम्पनीको संस्थापक शेयरधनीहरुबाट चुक्ता भईसकेको र बाँकी ६ करोड २५ लाख थान सेयर सार्वजनिक निष्कासनद्वारा सर्वसाधारणलाई जारी गर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि यस विवरण पत्र मार्फत ३१ लाख २५ हजार बराबरको शेयर निष्कासन गरेको हो ।

कसको कति लगानी ?

कम्पनीमा गोविन्द लाल संघाइको २८ लाख ७ हजार ७६०, विरेन्द्र कुमार संघाईको २५ लाख ४७ हजार ७६०, नितेश अग्रवालको. २३ लाख ७३ हजार, सुभाष चन्द्र संघाइको १८ लाख ६१ हजार ८६०, राम चन्द्र संघाइको १८ लाख ५५ हजार ३४०, आदित्य संघाइको १८ लाख ४० हजार ७९०, त्रिवेणी इनर्जीको १६ लाख २ हजार, विशाल अग्रवालको १२ लाख ४६ हजार ७००, अनुज अग्रवालको ११ लाख ६ हजार ११०, पुरुषोत्तम लाल संघइको ९ लाख ६६ हजार ९७० कित्ता लगानी रहेको छ ।

यस्तै शैलेश संघइको ९ लाख ५२ हजार ४२०, अशोक कुमार अग्रवालको ९ लाख ४३ हजार ९७०, हर्षवर्धन संघई, ९ लाख १२ हजार ९००, तुलसी राम अग्रवाल ७ लाख ८१ हजार ७००, अर्पित अग्रवाल ७ लाख ६१ हजार २२०, निकुञ्ज अग्रवाल, ६ लाख ९३ हजार ४५०, सुमिता अग्रवालको ३ लाख ६५ हजार, त्रिलोक चन्द अग्रवाल ३ लाख १७ हजार ७०० र साकेत संघईको २ लाख ६० हजार कित्ता सेयर स्वामित्व रहेको छ । कम्पनीमा मारवाडी समुदायको लगानी रहेको छ ।

कम्पनीको वित्तीय अवस्था

कम्पनीले आगामी तीन आर्थिक वर्षको वित्तीय प्रक्षेपण सार्वजनिक गरेको छ । आव २०७८/०७९ मा ३१ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आगामी २ आवमा पनि त्यती नै रहने छ ।

कम्पनीको जगेडा कोषमा १ लाख ३ हजार ३९१ रुपैयाँ रहनेमा आव २०७९/८० मा ३ लाख ५४ हजार ९२१ रुपैयाँ र आव २०८०/८१ मा ६ लाख ७५ हजार ८८२ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

आव २०७८/०७९ मा ३१ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आगामी २ आवमा पनि त्यती नै रहने छ ।
कम्पनीको जगेडा कोषमा १ लाख ३ हजार ३९१ रुपैयाँ रहनेमा आव २०७९/८० मा ३ लाख ५४ हजार ९२१ रुपैयाँ र आव २०८०/८१ मा ६ लाख ७५ हजार ८८२ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

कम्पनीले आव २०७८/०७९ मा कम्पनीको प्रति सेयर नेटवर्थ १०३ रुपैयाँ ३१ पैसा, आव २०७९/८० मा १११ रुपैयाँ ३६ पैसा र आव २०८०/८१ मा १२१ रुपैयाँ ६३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।

आव २०७८/०७९ मा कम्पनीको नाफा १ लाख ३ हजार ३९१ रुपैयाँ, आव २०७९/८० मा २ लाख ५१ हजार ५३० रुपैयाँ र आव २०८०/८१ मा ३ लाख २० हजार ९६१ रुपैयाँ पुग्ने प्रक्षेण गरेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी आव २०७८/०७९ मा ३ रुपैयाँ ६१ पैसा, आव २०७९/८० मा ८ रुपैयाँ ५ पैसा र आव २०८०/८१ मा १० रुपैयाँ २७ पैसा पुग्ने प्रक्षेण गरेको छ ।


क्लिकमान्डु