अर्को साता बलेफी हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने



काठमाडौं । बलेफी हाइड्रोपावरले चैत १६ गतेदेखि सार्वजनिक निष्काशन (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १८ करोड २७ लाख ९७ हजार रुपैयाँको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जसमा ९१ हजार ३९८ कित्ता सामुहीक लगानी कोष र ७३ हजार ११९ कित्ता सेयर कर्मचारीलाई छुट्याइर बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।

आइपीओमा चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा चैत ३० गतेसम्म आवेदन दिन सक्ने छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहको छ ।


क्लिकमान्डु