मोनोरेल मैले बनाउन सकिन भन्दै मेयर शाक्यले भने- संघीय सरकारले के हेरेर बसेको छ ?



काठमाडौ । काठमाडौं महानगरपालिका मेयर बिद्यासुन्दर शाक्यले जनताको मन मनमा पुग्नेरी काम गरेको दाबी गरेका छन् ।

महानगरपालिकाले निर्माण गरेका १४९ वटा सम्पदाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले
जनताको मन छुने, महानगरबासीको दैनिकीसँग जोडिने काममा पनि आफूले काम गरेको बताए ।

यो अवधिमा धेरै परिणाममुखी काम भएको र त्यसले जनता खुसी भएको समेत बताए ।

स्थानीय तहको लागि किन राजीनामा दिनुपर्ने बिषय शंकाको घेरामा रहेको बताए । जनप्रतिनिधिले राजीनामा दिने बिषयमा घोर आपति जनाएका छन् । यसले जनप्रतिनिधिमा अबिश्वास बढेको बताए ।

उनले महानगरको काम संयुक्त रुपमा सहमतिबाटै हुने गरेको बताए । महिनाको ५ हजार गृहिणी भत्ता दिन माग रहेको स्मरण गराउदै त्यो रोकेको बताए ।

कार्यपालिका, नगरसभाको निर्णय सबैले मान्नुपर्ने बताए । राम्रो काममा आफूले जस फिने र नराम्रो गरे बाहिरिन नमिल्ने बताए ।

धरहराको काम अहिले पनि जारि रहेको भन्दै केपी ओली वा शेरबहादुर देउवाले जस लिने भन्ने प्रश्न रहेको बताए ।

उनले ओलीले बनाएको झिल्के टावर भत्काउने भनेर उपमेयर हिँडेको भन्दै त्यस्ता बिबाद गरेर हिँड्न नहुने बताए । ओलीले बनाएको योजना अनुसार अहिलेको सरकारले काम गरिरहेको भन्दै गलत काम भएको हो भने निर्माण रोक्न पनि चुनौती दिए ।

रानिपोखरी बनाउने बेला कंक्रिटको बनाउन लाग्यो भनेर बिरोध भएको स्मरण गराए । उनले रानीपोखरीमा टिकट राखेर सधै खुल्ने व्यवस्था गर्ने बताए ।

उनले अहिले शिखर शैलीमा पाटी बनिरहेको स्मरण बताउँदै शौचालय बनाउने काम मात्रै बाँकी रहेको उल्लेख गरे ।

आफ्नो उपमेयरसँग असहमति नरहेको भन्दै सबै वडासँग समन्वय गरेर जनताको मनमनमा पुग्नेगरी काम गरेको बताए ।

आफूले वसन्तपुरमा राष्ट्रिय झन्डा राख्न खोज्दा काँग्रेसले राजनीति गरेको दाबी गरे । झन्डा राख्न खोज्दा झन्डामा सूर्यको चिन्ह रहेको भन्दै चुनाव अघि नराख्न दबाब दिएको बताए ।

उनले आगामी कार्यकालका लागि पार्टीले टिकट दिए उठन तयार रहेको बताए । यसमा पार्टीले बिचार गरेर निर्णय गर्ने बताए ।

कार्यक्रममा मेयर शाक्यले १ करोडको गाडि किन्ने पसल भाडामा लगाउने र सडक पेटीमा पार्किङ गर्ने समस्या बढेको बताए ।

‘सडकपेटीमा पार्किङ नगर भन्दा तेरो टाउकोमा पार्किङ गर्नु भनेर जवाफ दिन्छन्,’ शाक्यले भने, ‘मेरो टाउकोमा अटदैन, हामी टेकुमा पार्किङ बनाईरहेका छौ ।’

सवारी साधन बढेको र सडक नबढ्दा समस्या भएको उनको भनाइ छ ।

कार्यक्रममा मेयर शाक्यले शहरी विकास मन्त्रालयले बन्चरे डाडामा रहेको फोहोर फाल्ने ठाउ निर्माण गरेको र अहिले फेज १ सकेको बताए ।

नुवाकोटमा फाल्न लैजाने बाटो अवरोध गरेको बताए । भौतिक पुर्वाधार मन्त्रालयले सडक बनाएको र उक्त सडक समयमा नै नबनेपछि सरकारलाई आफ्नो माग पूरा गराउन स्थानीयले फोहोर फाल्न अवरोध गरेको स्मरण गराए ।

आफू आउनुभन्दा पहिलेले पुरानो बसपार्कमा टावर बनेको र काठमाडौको जाम हटाउन खुलामञ्च खुला गरेर पूर्वबाट आउने गाडी कोटेश्वरमा नै रोकेको बताए ।

उनले मोनोरेलको योजना आवश्यक भएर ल्याइको र चुनावको लागि भोट माग्ने माध्यम नभएको बताए ।

उनले अझै पनि मोनोरेल, मेट्रोरेललाई बिकल्पको रुपमा चाहिने बताए । आफूले बनाउन नसकेको भएपनि संघीय सरकार के हेरेर बसेको भन्दै प्रश्न गरे ।

यो बिषय सबै दलको योजना रहेको स्मरण गराए । यो काम आफ्नो लागि भन्दा पनि भबिष्यका लागि चाहिने बताए । ा

उनले पार्किङ समस्या समाधानगर्न केही घर बनाएर पनि समस्याको समाधान नहुने बताए ।


क्लिकमान्डु