पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढ्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ कायम गरेको छ ।

साथै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य १५ रुपैयाँले बढाएर प्रतिलिटर १५१ रुपैयाँले बढाएको छ ।


क्लिकमान्डु