इपीएस कोरियाका लागि भाषा परीक्षा वैशाखदेखि, आवेदन माग



काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखा कार्यालयले भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । कार्यालयले आगामी वैशाखमा हुने परीक्षाका लागि आवेदन माग गरेको हो ।

इच्छुकले चैत १४ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदनका लागि २०३८ चैत १६ गतेदेखि २०६० चैत १५ गतेसम्म जन्मिको व्यक्तिले मात्रै आवेदन दिन पाउनेछन् ।

परीक्षा दुई चरणमा हुनेछ । कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणको परीक्षा वैशाख २६ गतेदेखि जेठ १३ गतेसम्म हुनेछ भने दोस्रो चरण जेठ २४ गतेदेखि असार १६ गतेसम्म हुनेछ ।

त्यसैगरी उत्पादनमुलक क्षेत्रका लागि पहिलो चरणको भाषा परीक्षा असार २० गतेदेखि भदौ १० गतेसम्म र दास्रो चरणको परीक्षा भदौ १६ गतेदेखि असोज २१ गतेसम्म हुनेछ ।

फैजदारी अभियोग नलागेको, नेपाली नागरिक, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, कोरियामा ई–९ र ई–१० भिसामा ५ वर्षभन्दा कम अवधि बसेकोलगायतका योग्यता भएका व्यक्ति इपीएस अन्तर्गत कोरिया जानका लागि योग्य हुनेछन् ।


क्लिकमान्डु