एनआईसी एशियामा तलब बचत खाता खोल्दा ५ वर्षसम्म पाइन्छ २४ फाइदा



काठमाडौं । एनआईसी एशिया बैंक बचत निक्षेप बढाउन केन्द्रित भएको छ । बचतकर्तालाई अधिकतम ब्याजदर र सुविधा प्रदान गर्दै बैंकले आकर्षक बचत खाताहरु सञ्चालनमा ल्याएको छ । त्यसमध्येको एक हो तलब बचत खाता ।

नेपालको बैंकिङ्ग क्षेत्रमा रहेका तलब खाताहरूमध्ये पनि अझ उत्कृष्ट सेवा र फाइदा समावेश गरेर तबल बचत खाता (तलब) योजना ग्राहकमाझ ल्याएको बैंकले जनाएको छ ।

बैंकले विभिन्न फाइदा र कर्मचारीको संख्याको आधारमा ३ प्रकारका त्यस्ता खाता सञ्चालनमा ल्याएका छन् । एनआईसी एशिया गुडविल एम्बेसडर, द प्राइड अफ एनआईसी एशिया र द पार्टनर अफ एनआईसी एशिया हुन् । जसमा ३ प्रकारको सर्वश्रेष्ठ बीमा फाइदाहरू, ३ प्रकारको सर्वश्रेष्ठ कर्जा सम्बन्धी फाइदाहरू र १८ प्रकारका अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू रहेका छन् । यी प्रत्येक खातामा वार्षिक ८.०३ प्रतिशत ब्याजदर उपलब्ध गराउने बैंकले जनाएको छ ।

बैंकले व्यवसायीक आवश्यकतालाई गहन अध्ययन र विश्लेषण गरेरमात्र यो तलब बचत खाता योजना ल्याएको एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताए । यी खाताले प्रत्येक कम्पनीको लागि निकै ठूलो व्यवसायीक योगदान दिने विश्वास रहेको उनले बताए ।

‘विभिन्न कम्पनीहरूको बैंकिङ्ग आवश्यकतालाई गहन अध्ययन र विश्लेषण गरेर उहाँहरूको आवश्यकताहरू परिपुर्ति गर्न, असिमित बैंकिङ्ग अनुभव प्रदान गर्न र समग्र कर्मचारीहरूमा हर्ष वृद्धि गर्ने उद्देश्यले हामीले थुप्रै प्रकारका विशेषताहरू थप गरेका छौं,’ न्यौपानेले भने, ‘यी बैंकिङ्ग उद्योगकै सबैभन्दा उत्कृष्ट फाइदाहरू रहेको खाताहरू हुन् ।’

खाता खोल्न आवश्यक कर्मचारीको संख्या

बैंकले कम्पनीको कर्मचारी संख्याको आधारमा तबल बचत खाता (तलब बचत खाता) ल्याएको छ ।

जस्तो कि, ५० भन्दा माथि कर्मचारी संख्या भएको कम्पनीले एनआईसी एशिया गुडविल एम्बेसडर खोल्न सक्नेछन् । त्यस्तै, ५ देखि ४९ जना कर्मचारी भएको व्यवसायी प्रतिष्ठानले द प्राइड अफ एनआईसी एशिया खाता खोल्न सक्छन् । बैंकले साना कम्पनीको लागि भनेर द पार्टनर अफ एनआईसी एशिया तलब बचत खाता उपलब्ध गराएको छ । ५ भन्दा कम कर्मचारी भएको संस्थाहरूले समेत यस्तो खाता खोल्न सक्नेछन् ।

८४ लाखसम्मको बीमा फाइदा

बैंकले यी तलब बचत खाता खोल्ने ग्राहकको लागि ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध गराएको छ । एनआईसी एशिया गुडविल एम्बेसडर तलब बचत खाता सबैभन्दा उत्कृष्ट खाता हो । जसमा ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध छ । गुडविल एम्बेसडर तलब खाता हुने कर्मचारीले आफु एवं आफुले सिफारिस गरेका ३ व्यक्ति गरी चार जना बराबरको ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोक बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा पाउनेछन् । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजार रुपैयाँ र ओपीडी उपचारको लागि ८० हजार रुपैयाँसम्म पाउने छन् ।

यो बीमा फाइदा पाँच वर्षसम्म उपलब्ध हुनेछ । यसको अर्को अझ राम्रो पक्ष के हो भने यस खातावालाले तोकेको अन्य तीन जनाले पनि यो बीमा फाइदा पाउनेछन् । त्यस्तै, प्राइड तलब बचत खाता खोल्ने ग्राहकले ४२ लाख रुपैयाँको बीमा फाइदा प्राप्त गर्नेछन् । यसमा दुर्घटना बीमाको लागि २० लाख, घातक रोग बीमा २० लाख र औषधि उपचारको लागि २ लाख रुपैयाँ बीमा रकम उपलब्ध गराइएको छ । औषधोपचार बीमाको २ लाखमध्ये अस्पताल भर्ना भएको अवस्थामा १ लाख ६० हजार रुपैयाँ र ओपीडीको लागि ४० हजारर रुपैयाँ बीमावापत उपलब्ध गराइने छ । यस्तो फाइदा खातावालाले आफूले मात्र प्रयोग गर्ने छैन् । उसले तोकेको अर्को एकजनाले पनि यो बीमा पाउने छन् । यो खातावालाले पनि यस्तो बीमा फाइदा ५ वर्षको लागि उपलब्ध हुनेछ । त्यस्तै, पार्टनर तलब खाता खोल्ने ग्राहकले २१ लाख रुपैयाँ बराबरको बीमा फाइदा पाउने छन् । जसमा दुर्घटना बीमा १० लाख, घातक रोक बीमा १० लाख र औषधोपचार बीमा १ लाख रहेको छ । औषधोपचारको १ लाख बीमामध्ये ओपीडी उपचारको लागि २० हजार रुपैयाँ र अस्पताल भर्नाको लागि ८० हजार रुपैयाँ तोकिएको छ । पाँच वर्षसम्म उपलब्ध हुने यो बीमा फाइदा यस खाताको बीमा भने खातावालाले मात्र प्रयोग गर्न पाउनेछन् ।

सम्पत्ति अभिवृद्धि फाइदा

तलब बचत खाता ग्राहकले सेयर कारोबारको लागि विभिन्न फाइदाहरू पाउनेछन् । जस्तो कि गुडविल एम्बेसडर, प्राइड र पार्टनर तीनै तलब बचत खातामा डिम्याट खाता, मेरो शेयरर शुल्क र पोर्टफोलियो म्यानेजमेन्टमा ५० प्रतिशत सेवा शुल्क पाँच वर्षको लागि निःशुल्क उपलब्ध गराइएको छ ।

कर्जा सम्बन्धी फाइदाहरू

तलब बचत खातामा ग्राहकको लागि खातामा रहेको औषत रकमको १० गुणाबढीसम्म कर्जा पाउने फाइदा रहेको छ । जस्तो कि ग्राहकले आफ्नो खाताको ३ महिनाको औषत मौज्दातको १० गुणबढी पूर्व स्वीकृति कर्जा पाउनेछन् । यो फाइदा गुडविल एम्बेसडर, प्राइड र पार्टनर तीनै खातामा उपलब्ध रहेको छ । यो कर्जा सीमामा आधार दरमा लाग्ने प्रमियम शुल्क १ र कर्जा प्रशासनिक शुल्क ०.२५ रुपैयाँ रहेको छ ।

डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग

तबल बचत खाता खोल्ने ग्राहकले एन आई सी एशिया बैंकले उपलब्ध गराउने डिजिटल र ट्रान्जेक्सन बैकिङका निःशुल्क र सहुलियत फाइदाहरू पाउने छन् । त्यस्ता अधिकांश सेवाहरू पाँच वर्षको लागि निःशुल्क उपलब्ध गराइएको छ । जस्तो कि डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड वार्षिक शुल्क, इ-कमर्श एक्टिभेसन, निःशुल्क चेक प्रोसेसिङ, निःशुल्क आरटीजीएस, निःशुल्क आइपीएस/सीआईपीएस, एटीएमबाट नगद झिकेको (स्वदेशी बैंक) र एटीएमबाट मौज्दात जाँच गरेको (विदेशी बैंक) जस्ता फाइदाहरू पाँच वर्षको लागि निःशुल्क उपलब्ध गराएको छ । क्रेडिट कार्डमा आवद्ध भएको र जारी भएको शुल्क सधैभरीको लागि निःशुल्क रहेको छ । क्रेडिट कार्ड सीमा ५ लाख रुपैयाँसम्म रहेको छ । लकरको शुल्क पाँच वर्षको लागि सय प्रतिशत लकर शुल्क निःशुल्क रहेको छ । साथै, लक मार्जिन १०० प्रतिशत छुट रहेको छ । अमेरिकी डलर, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युरो, पाउन्ड जस्ता विदेशी मुद्रा सटही प्रिमियम २५ पैसा रहेको छ । यी सबै फाइदा तीन वटै खाताको लागि उपलब्ध रहेका छन् ।

प्रिभिलेज बैंकिङ्ग

बैंकले आफ्ना सेवा र फाइदा आफूले तोकेको समयावधि भित्रै उपलब्ध गराउने सत प्रतिशत ग्यारेन्टी लिएको छ । तोकेको समयभन्दा छिटो सेवा नभएमा ग्राहकलाई क्षतिपूर्तिको दिने घोषणा पनि बैंकले गरेको छ । जस्तो कि कुनै पनि सेवाको लागि बैंकले तोकेको समयभन्दा आधा समयभित्र सेवाहरू उपलब्ध हुने छन् । बैंकले अर्को ग्यारेन्टी के गरेको छ भने निर्धारित सेवा प्रवाह समयभन्दा बढी समय कुर्नु परेमा प्रति केसको लागि १० रुपैयाँको क्षतिपूर्ति दिइनेछ । यो तीनवटै खाताको लागि राखिएको छ । यी खाताको लागि डेडिकेटेड रिलेसनसिप म्यानेजमेन्ट उपलब्ध गराएको छ ।


क्लिकमान्डु