अनलाइन मार्फत २५ लाखको चिठ्ठा गर्यो भन्दै ठग्ने व्यक्ति पक्राउ



काठमाडौं । अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ रंगेली नगरपालिका–६ पिपलचोकका २० वर्षीय धिरेन कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी लक्की ड्र मार्फत २५ लाखको चिट्ठा परेको प्रलोभनमा पार्दै ठग्ने मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पीडितहरुसँग बैंक खाता नम्बर मागी उक्त खातामा प्रयोग भएको मोबाइल नम्बरमा ओटिपि कोर्ड समेत लिई पीडितको खातामा भएको रकम विभिन्न ब्यक्तिहरुको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीहरुमा रकम ट्रान्सफर गरी २ लाख १ हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न मण्डललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

मण्डललाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको बताइएको छ ।


क्लिकमान्डु