महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण



काठमाडौं । महालक्ष्मी विकास बैंकको सुर्खेत शाखाले बराहताल गाउँपालिका–२ डोप्कामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको छ ।

कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई बैंकले झोला वितरण गरेको जनाएको छ । कार्यक्रममा सुर्खेत शाखाका शाखा प्रबन्धक सुरज बयलकोटीले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई झोला वितरण गरिनुले दैनिक पठन–पाठनमा सहजता हुने विश्वास ब्यक्त गरे । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रममा बैंकले सहयोग गर्ने बताए ।

बैंकले प्रदेश–१ मा ५, मधेश प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।


क्लिकमान्डु