पेट्रोलियम पदार्थको ढुवानी खर्च समायोजन गर्न माग, माग पुरा नभए आन्दोलन गर्ने चेतावनी



काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीमा लाग्ने खर्च समायोजन गर्न व्यवसायीहरुले माग गरेका छन् ।

संगठन राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले भाडा समायोजन गर्न माग गरको हो ।

समितिले विभिन्न चरणमा बढाएको मूल्य अनुसार ढुवानी खर्च समायोजन गर्न माग गरेको छ । यसअघि पनि पटक पटक भाडा समायोजन गर्न माग गरेको भएपनि सरकारले बेवास्था गरेरको उनीहरुको गुनासो छ ।

यस्तै समितिले सरकारसमक्ष ६ बुँदे माग गरेको छ । आफ्नो माग १५ दिनभित्र माग पूरा गर्न आन्दोलनमा जाने घोषणा गरेको छ । आन्दोलन समितिको संयोजकमा कुश प्रसाद मल्लीले रहेका छन् । आन्दोलनका लागि कुशप्रसाद मल्लीको संयोजकत्वमा १० सदस्यीय समिति समेत गठन गरिएको छ ।

व्यवसायीले पेट्रोलियम ऐन बनाई लागू गर्न माग गरेका छन् । पत्रकार सम्मेलनमा सम्बन्धित व्यवसायीको सुझाव लिएर मात्रै निगमको एलपिजी विनियमावली, विक्रेता विनियमावली संशोधन गनए माग गरेका छन् ।

समितिले निजी पेट्रोलियम व्यवसायिक प्रतिष्ठानको कारोबारमा हालको अवस्था तथा भविष्यमा गर्नुपर्ने सुधार, योजनाको सम्बन्धमा सरोकारवाला संस्थाका प्रतिनिधिको विज्ञहरू संलग्न गराई अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयन गर्न आग्रह गरेको छ ।

सरकारले गत साउनदेखि सार्वजनिक यातायातमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागू गर्नुपर्ने मल्लीले बताए । एलपी ग्यास ढुवानी र पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेसँगै आन्तरिक तथा बाह्य ढुवानी साधनको ढुवानी भाडा समायोजन गरिनुपर्ने मल्लीको भनाइ छ ।

पेट्रोलियम डिलरहरूले प्राप्त गर्नुपर्ने प्राविधिक नोक्सान नापतौल तथा गुणस्तर विभागका महानिर्देशकको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन अनुसार लागू गर्न माग गरेको छ ।


क्लिकमान्डु