साताको तीन कारोबार दिनमा ११४ अंकले घट्यो सेयर बजार



काठमाडौं । यो साता तीन दिन मात्रै सेयर कारोबार भएको छ । यो साता शिवरात्री र ग्याल्पो ल्होसार परेका कारण ३ दिन मात्रै सेयर कारोबार भएको छ ।

तीन कारोबार दिनमा बजारमा भारी गिरावट आएको छ । यो साता सेयर बजारमा ११४ अंकको गिरावट आएको छ । गत साता २६६१.४४ बिन्दुमा बजार बन्द भएको थियो । यो साता बजार ११४ अंकले घटेर २५४७.०४ बिन्दुमा खुम्चिएको छ ।

यो साता तीन दिन भएको कारोबारमा पहिलो दिन बजारमा ७.७४ अंकले घटेर २६५३.७० बिन्दुमा रोकिएको थियो । दोस्रो कारोबार दिन पनि बजारमा गिरावट देखियो । दोस्रो कारोबार दिनको कारोबारमा ४३.७ अंकको गिरावट आएर बजार २६१०.५८ अंकको खुम्चियो । तेस्रो कारोबार दिन पनि बजार ६३.५४ अंकले घटेर २५४७.०४ बिन्दुमा रोकिएको छ ।

यो साताको अन्तिम कारोबारमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यो साता बजारमा कारोबार रकम ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँमा सिमित बनेको छ ।


क्लिकमान्डु