सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढ्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएकोमा सोमबार १६ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजा १ सय रुपैयाँ कायम भएकोमा सोमबार ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएकोमा सोमबार ४५ रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु