सैन्य गठबन्धन अस्वीकार्य, १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित



सहित

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुदान संसदबाट अनुमोदन गर्नका लागि १२ बुँदे व्याख्यात्मक टिप्पणी पेश गरिएको छ । एमसीसी अनुमोदन गर्नका लागि राजनीतिक दलहरुले १२ बुँदे व्याख्यात्मक टिप्पणी गरेका हुन् ।

जसमा नेपाल एमसीसीका कारण अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने घोषण गरिएको छ ।

साथै, कम्प्याक्टको पक्ष भएको कारण नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीतिलगायतको कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आबद्ध भएको मानिने छैन ।

साथै देशको मूल कानूनमा रहेको नेपालको संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरु भन्दा माथि रहेको छ भनि टिप्पणी गरिएको छ ।


क्लिकमान्डु