एमसीसी तत्काल स्थगन गरौः अध्यक्ष लिंङदेन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंङदेनले एमसीसी तत्कालको लागि स्थगन आग्रह गरेका छन् ।

राष्ट्रियसभाको बैठकमा सांसद लिङदेनले यो आर्थिक सहायताको विषय मात्रै नभएकाले अहिले जनता विभाजित भएको भन्दै एमसीसीलाई स्थगन गरेर नयाँ ढंगबाट अघि बढ्न आग्रह गरे ।

‘यथास्थितीमा पास गर्नु भनेको देशलाई थप द्वन्द्वमा जाने छ’ उनले भने ‘ संसदले गरेका काम सबै राम्रो हुन्छ भन्ने छैन, महाकाली सन्धिको उदाहरण हेरे पनि यो थाहा हुन्छ ।’

एमसीसी पैसा मात्रै नआउने विषय नभएर अन्य कुरा पनि आउँने आशंका सबै नेपालीलाई आशंका रहेको भन्दै यस विषयमा दफा दफामा छलफल गर्न आग्रह गरे ।

‘अरु सहायता संसदमा किन अनुमोदन गर्न नपरेको र यसलाई मात्रै किन दिनु परेको ?’ भन्दै प्रश्न गरे । उनले वैदेशिक सम्बन्धमा गम्भिर हुन सबैलाई राजनीतिक आग्रह गरे ।


क्लिकमान्डु