संशोधन नगरी एमसीसी पास गर्नु हुन्नः देव गुरुङ



काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका नेता देव गुरुङले संशोधन नगरी एमसीसी पारित हुनु नहुने बताएका छन् ।

एमसीसी परियोजना आर्थिक परियोजनाको रुपमा मात्रै पारित नभएकाले संशोधन हुनुपर्ने गुरुङले माग गरे ।

‘यो सम्झौताको शीर्षक आर्थिक परियोजनाका रुपमा आएको छ,’ गुरुङले प्रतिनिधि सभाको बैठकमा भने, ‘ सम्रगमा यो सम्झौता देशको सार्वभौमसत्तालाई कमजोर बनाउन खोजेकाले सम्झौता संशोधन हुनुपर्छ ।’

नेपाल जस्तो भू–राजनीतिक देशमा एउटा आर्थिक परियोजना मात्रै प्रमुख योजना नभएको गुरुङले बताए ।
गुरुङले सत्तारुढ ४ राजनीतिक दलबीच भएको सहमति पनि संसद समक्ष पेश गर्न माग गरे ।

प्रतिनिधिसभाको नियमावली अनुसारमात्रै एमसीसी सम्झौता संशोधन गर्न दिनुपर्ने माग गर्दै राजनीतिक दलबिच भएको सहमती पनि संसदबाट पारित हुनु पर्ने गुरुङको माग छ ।

नेपालको संसदले गरेको व्याख्या एमसीसी मुख्यालयले पनि स्वीकार गर्दा मात्रै एससीसी पारित गर्नुपर्ने गुरुङले बताए ।


क्लिकमान्डु