संसदमा एमालेको विरोधकै बीच भिम रावलको सम्बोधन- एमसीसी अस्वीकार गर्नुपर्छ



काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले एमसीसी अस्वीकार गर्नुपर्ने बताएका छ । आइतबार प्रतिनिधिसभाको बैठकमा एमालेको विरोधका बीच पोडियममा उभिएर एमसीसी अस्वीकार गर्नुपर्ने बताए ।

उनले एमसीसी ५ वर्षको अवधिको भएको भनिए पनि विभिन्न कानून लागू गरेर आयोजना लम्ब्याइने भन्दै नेपाललाई उपनिवेशिकरणतर्फ धकेलिने दाबी समेत गरे । विदेशी शक्ति सामू लम्पसार भएर राष्ट्रिय स्वाधिनतालाई कुल्चिन खोजिएको उनको आरोप छ ।

उनले संविधान विपरीत काम हुन लागेको भन्दै प्रतिनिधि सभाले कुन हिसाबले निर्णय गर्छ भन्ने आफूले हेर्ने बताए । एमसीसी समर्थन गर्नेहरु गद्दार हुने उनले बताए ।


क्लिकमान्डु