रुस-युक्रेन युद्धः युट्युव र फेसबुकले मनिटाइज रोके



काठमाडौं । रुसले युक्रेनमा गरेको सैन्य आक्रमणको विरोध गर्दै सामाजिक सञ्जाल फेसबुक र युट्युवले रुसमा मनिटाइज रोकेका छन् ।

रुसले युक्रेनमा आक्रामण गरेको विरोधमा युट्युव तथा फेसबुकको माउ कम्पनी मेटाले मनिटाइज हुने सुविधा रोकेको जनाएका हुन् । उनीहरुले शनिबारदेखि लागू हुने गरी मननिटाइज रोकेका हुन् ।

अब रुसमा रहेका प्रयोगकर्ताले फेसबुक र युट्युवबाट हुने आम्दानी प्राप्त गर्ने छैनन् ।

यसअघि रुसको आक्रमणपछि युक्रेनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि एलन मस्कले युक्रेनलाई इन्टरनेट सेवा उपलब्ध गराएका छन् ।


क्लिकमान्डु