पल शाहले भने- कानूनलाई सम्मान गर्दै आजै प्रहरी कार्यालय जान्छु



काठमाडौं । बलत्कारको आरोप लागेको अभिनेता पल शाहले आफै प्रहरी कार्यालयमा उपस्थित हुने जानकारी गराएका छन् ।

आइतबार विहान ११ बजेर १० मिनेटमा आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै उनले आफू आइतबार नै प्रहरी कार्यालयमा उपस्थित हुने जानकारी दिएका छन् ।

‘म आफ्नो स्वास्थ्य स्थिती बिग्रिएकाले हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म म यस्तो गीत गाउँछु २ गत शुक्रबारदेखि नेपालभर प्रदर्द्धन भएका कारण फिल्मलाई असर नपरोस भनेर म आफै प्रहरी सामू उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानूनलाई सम्मान गर्दै आजथ आइतबार नेपाल प्रहरी कार्यालयमा आफै उपस्थित हुनेछु,’ उनले भनेका छन् ।

एक गायिका युवतीले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै तनहुँ प्रहरी कार्यालयमा शाह विरुद्ध उजुरी दिएपछि उनी प्रहरीको फरारको सूचीमा थिए ।


क्लिकमान्डु