एलन मस्कले युक्रेनमा उपलब्ध गराए इन्टरनेट



काठमाडौं । टेस्लाका सीइओ एलन मस्कले युक्रेनमा इन्टरनेट सेवा उपलब्ध गराएका छन् । मस्कले शनिबार आफ्नो स्टारलिंक स्याटेलाइट ब्रोडब्याण्ड सेवा युक्रेनमा उपलब्ध भएको जानकारी गराएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेसँगै त्यहाँको इन्टरनेट रद्द भएको छ । यस विषयमा युक्रेनका उपप्रधानमन्त्री माइकालियो फेडेरोभले गरेको ट्विट गर्दै इन्टरनेटका लागि आह्वान गरेका थिए ।

उक्त ट्विटको रिप्लाइ गर्दै मस्कले इन्टरनेट उपलब्ध गराएको बताएका हुन् ।

मस्कले स्पेस एक्सका अनुसार १ हजार ४६९ स्टारलिंक स्याटेलाइट सक्रिय रहेको तथा २७१ वटा स्टालेलाइट अर्बिटमा छिट्टै थप हुने बताएका थिए ।


क्लिकमान्डु