संसदमा आज एमसीसीमा छलफल हुँदै, व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय



काठमाडौं । आज आइतबार प्रतिनिधिसभा (संसद)मा मिलेनियमन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदनका लागि छलफल हुनेछ ।

एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका दलहरुबीच नै फरक–फरक धारणा बढ्दै जाँदा राजनीतिक रुपमा अब के होला भन्ने अवस्थामा पुगेको छ ।

एमसीसीका विषयमा सबैभन्दा बढी अस्थिर बनेको माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी भए पनि एमसीसी पास गर्नका लागि लविङ शुरु गरिसकेका छन् ।

नेकपा एमालेको विरोधका बीच एमसीसी पास गर्न त्यति सजिलो भने छैन । यद्यपि एमसीसीका विषयमा नेकपा एमालेको धारणा पक्षमै छ । यता नेकपा एकीकृत समाजबादीले भने एमसीसीको विपक्षमा मतदान गर्ने बताइसकेको छ । यद्यपि गत शुक्रबार माधव कुमार नेपालले सबै पार्टीको सहमतिमा एमसीसी पास गर्नुपर्ने पनि बताएका थिए ।


क्लिकमान्डु