‘एमसिसी आर्थिक सहयोगको परियोजना हुनुपर्छः नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसिसी) परियोजनालाई नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर अगाडि बढाउनुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीद्वारा शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले एमसिसीको सन्दर्भमा उठिरहेको विषय परियोजनाको जग्गाको स्वामित्व र यसमा नेपालीको रोजगारीको कुरा सुनिश्चित हुनुपर्ने रहेको उल्लेख गरे ।

‘यसबाट प्राप्त हुने मौद्रिक सम्पत्ति र सम्पदामा नेपालको हक सुरक्षित हुनुपर्दछ,’ उनले भने, ‘परियोजना विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्छ । परियोजना अनुदानसँग जोडिएको छ भने त्यो अनुदान हुनुपर्दछ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले यथास्थितिमा नै एमसिसी सम्झौतालाई अनुमोदन गर्न नसक्ने स्पष्ट पारे ।


क्लिकमान्डु