प्रतिनिधिसभाको बैठक आज पनि स्थगित, १५ गते बस्ने



काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि स्थगित भएको छ । बिहीबार १ बजेका लागि बोलाइएको बैठक हिजो पनि सूचना टाँसेर शुक्रबारका लागि स्थगित गरिएको थियो । शुक्रबार पनि फागुन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

एमसीसी पारित गर्ने वा नगर्ने भन्ने विषयमा सत्तारुढ गठबन्धन दलभित्र विवाद भएपछि यतिबेला राजनीति गर्मराएको छ । एमसीसीका पक्ष र विपक्षमा उभिएका राजनीतिक दलसँग बहुमत छैन । लामो समयदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेको समर्थन जता जान्छ उसैको बहुमत हुने निश्च्ति छ ।

यसै सिलसिलामा बिहीबारदेखि राजनीतिक अंकगणितको जोड घटाउ चलिरहेको छ ।


क्लिकमान्डु