सेयर बजारमा भारी गिरावट, यी कम्पनीको कारोबारमा सर्किट



काठमाडौं । सेयर बजारले लगानीकर्तालाई निराश बनाएको छ । बजारमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम पनि घट्दै गएको छ ।
नेप्से सूचकमा गिरावट आउनु र कारोबार रकम दुवै घट्दा लगानीकर्ता दैनिक जस्तो निरास बन्दै गएका छन् । बजार मापन गर्ने सूचक १५.५० अंकले घटेर परिसूचक २७२०.४३ बिन्दुमा रोकिएको छ ।

बुधबारको ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.२२ अंकले घटेर ५१७.९३ बिन्दुमा रोकिएको छ । २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट देखिएको छ । बजारमा दोहोरो अंकको गिरावट आएपनि दिव्यश्वरी हाईड्रोपावर, यूनाइटेड इदी मार्दी आइडीआइ हाईड्रोपावर, घलेम्दी हाईड्रोपावर कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु