सिभिल बैंक र एफवन सफ्ट इन्टरनेसनलबीच सम्झौता



काठमाडौं । सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजीटल बैंकिङ सेवा तथा सुविधा सञ्चालनको लागि सम्झौता भएको छ ।

सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल र एफ वन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् ।

बैंकले मोवाइल बैकिङ्ग सुविधालाई अझ बढी सवल र सुदृढ बनाई ग्राहकहरुको सहज बित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नती गर्न लागेको जारी विज्ञप्तिमा उल्लेख छ । अब गरिने स्तरोन्नती पश्चात बैंकका ग्राहकहरुले मोबाईल एप मार्फत नै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिने जस्ता सेवाहरुको उपयोग गर्न सकिने छ ।

सहज तथा सरल ढंगबाट आफुलाई आवश्यक बित्तीय सेवा उपभोग गर्न सक्नेछन् जुन आफैमा एक नौलो सुविधा प्रयोग गरिएको अनुभव प्रदान गर्ने खालको हुनेछ । हालसम्म करिब ७ लाख ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु