एक साताभित्र मौद्रिक नीतिको मध्यावधि समीक्षा हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी साताभित्रमा मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा केही नीतिहरु परिवर्तन गर्ने अपेक्षा सरोकारवालाले राखेका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षाका लागि केही साताअघि सरोकारवालासँग छलफल गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिको मध्यावधि समीक्षामा समेट्नुपर्ने सुझाव उद्योग वाणिज्य महासंघ तथा नेपाल बैकर्स संघजस्ता संस्थाले पठाइसकेका छन् ।

बैकर्स संघले सिडी रेसियोलाई सहज बनाउन तथा पुँजीकोष अनुपातलाई सहजीकरणको लागि उपकरण जारी गर्न दिन माग गरेको छ । यस्तै महासंघले ब्याजदर वृद्धिदर रोकिनुपर्ने तथा तरलता सहज बनाउनुपर्ने लगायतका सुझाव दिएका छन् ।

सेयर लगानीकर्ताले ४÷१२ को नीति परिवर्तन गर्नुपर्ने माग राखेको छ । नेपाल राष्ट्र बैंकले मध्यावधि समीक्षामा केही नीतिगत व्यवस्थामा परिवर्तन गर्न सक्ने अपेक्षा गरिएको छ ।

नेपाल उद्योग वाणिज्य संघले पुनरकर्जाको समय सीमा ३ वर्ष पुर्याउनुपर्ने, वैदेशिक लगानी ल्याउनका लागि सहजीकरण गर्न फास्ट ट्रयाकको व्यवस्था गर्नुपर्नेलगायतका सुझाव दिएको छ ।


क्लिकमान्डु