हिमालयन जनरल इन्स्योरेन्सको सीइओमा विजय बहादुर शाह नियुक्त



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विजय बहादुर शाह नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिले शाहलाई फाल्गुन १ गतेदेखि लागू हुने गरी सीइओमा नियुक्त गरेको हो ।

कार्यभार सम्हालेपछि सीइओ शाहले सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने आफूले प्रण गरेको बताए ।
शाह यसअघि नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध थिए ।


क्लिकमान्डु