सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, क्यान महानिर्देशकमा फर्किए राजकुमार क्षेत्री



काठमाडौं । राजकुमार क्षेत्रीलाई महानिर्देशकबाट अनिवार्य अवकाश दिने नेपाल नागरिक उड्डयन प्राधिकरण निर्णयमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार राजकुमार क्षेत्रीको रिटमा सुनुवाई गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले उक्त निर्णय गरेको हो ।

‘अदालतबाट अल्पकालिन आदेश आएको छ, अब पनि म नै महानिर्देशक हुँ,’ क्षेत्रीले क्लिकमाण्डूसँग भने ।

अदालतले फागुन ९ गते छलफलका लागि विपक्षीलाई समेत बोलाएको छ । फागुन ९ गते क्षेत्रीलाई अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफल हुनेछ ।

क्षेत्रीले प्राधिकरणको महानिर्देशकको पदावधि ४ वर्षको भएको र आफूलाई सरकारले ४ वर्षका लागि महानिर्देशक बनाएको जिकिर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राविधिकरण ऎनमा महानिर्देशकको उमेर हदका विषयमा केही उल्लेख नभएको दाबी गर्दै सर्वोच्च अदाललमा रिट दायर गरेका थिए । कोरोना महामारीले सर्वोच्च अदालतले आफ्ना सेवा स्थगन गरेपछि क्षेत्रीले गत पुस ३० गते दायर गरेको रिटको सुनुवाइ भएको थिएन ।


क्लिकमान्डु