डिसहोमले ल्यायो ६०० एमबीपीएस स्पीड भएको मेगा-फाइ इन्टरनेट



काठमाडौं । डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा-फाई इन्टरनेट उपलब्ध गराउने घोषणा गरेको छ ।

डिशहोमले हाई स्पीड ईन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको छ ।

नेपालमा नै पहिलो पटक लेटेस्ट वाइ फाइ टेक्नोलोजीको वाइ-फाइ ६ राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड इन्टरनेट चलाउन सक्ने कम्पनीले जनाएको छ ।

डिशहाहेमले ल्याएको वाई-फाई ६ राउटर अहिले बजारमा पाइने राउटरभन्दा ४ गुणा छिटो स्पीडमा चल्ने कम्पनीको दाबी छ ।

यस वाई-फाई ६ राउटरमा इएआई (आर्टिफिसियल इन्टेलिजेन्स), गिगावाइट एक्सेस, डुअल-व्यान्ड स्मार्ट स्टिरिङ, सिमलेस रोमिङ, मल्टी-लेभल प्रोटेक्सन, मोर कनेक्सन एण्ड मेश नेटवर्किङ जस्ता विशेषताहरु वाईफाई ६ राउटरमा रहेका छन् ।


क्लिकमान्डु